Skip to content
Prabhu

सामाजिक सुरक्षा भत्ता लिन साउन १ गतेदेखि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले २८ वटा जिल्लामा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि २८ वटा जिल्लामा समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको जनाएको छ ।

यस्तै, विभागले बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal