Skip to content
Prabhu

अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी पूरा

काठमाडौं । काठमाडौँको भृकुटीमण्डमा शुक्रबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
global
अर्घाखाँची सिमेन्ट
मेलाको आयोजक समिट इभेन्ट्स मार्केट्सले आज पत्रकार सम्मेलन गरी नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकन कर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताउनुभयो । मेलामा विभिन्न समूहगत छलफल हुनेछन् । “मेलाले देशको आर्थिक, सांस्कृतिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउने विश्वास हामीले लिएका छौँ”, संयोजक पाण्डेले भन्नुभयो । उक्त मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।
      मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने पाण्डेले बताउनुभयो । मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । मेलामा एक करोडभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।
(((
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal