Skip to content

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छः मन्त्री बस्नेत

काठमाडौ,३१ जेठ ः उmर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत बिहीबार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्त्वसम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः विमलबहादुर बिष्ट÷ रासस

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले यहाँ आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उनले भने, ‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।’ उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताए।

सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षात्का बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पारे । उनले भने, ‘सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवालाई थप प्रभावकारी बनाउन आवश्यक छ, माथिल्लो निकायसँग छलफल गरेर हामी यसलाई थप प्रभावकारी बनाउन लाग्ने छौँ ।’

कार्यक्रमका अधिकांश वक्ताहरुले मौसमका विषयमा जानकारी दिनेदेखि हवाई उडानका लागि उड्डयन मौसम सेवाको थप क्षमता विकास गर्नु आजको आवश्यकता रहेको धारणा राखेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्