Skip to content
Prabhu

भारतीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट

 

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग भेटघाट गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठको निवासमा नै भारतीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुले भेटघाट गरेका हुन् ।

सो भेटमा कम्पनीका प्रतिनिधिहरुले नेपालमा आफ्नो कम्पनीकोको व्यवसाय सफल र भविष्यको विस्तार योजनाको संक्षिप्त विवरणसमेत प्रस्तुनत गरेका थिए । जसमा उनीहरुले स्थानीय रुपमा आर्जन भएको आम्दानी पुनः लगानी गर्नेबारे सोच तथा नेपालमा आयात प्रतिस्थापन र निर्यात बढाउने कार्ययोजना, त्यसमा रहेका चुनौतीहरुको बारेमा पनि प्रस्तुति गरेका थिए ।

सो अवसरमा व्यवसायीहरुले कच्चा पदार्थ र तयारी उत्पादनहरु आयात गर्दा दुवैमा भन्सार शुल्क उस्तै रहेको भन्दै नेपालमा उत्पादन लागत बढाएकाले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको सुझाबसमेत दिएका थिए । सुझाब दिने र सुधारका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको उनीहरुको भनाइ थियो ।

त्यस्तै कम्पनीमा कार्यरत भारतीय नागरिकहरुले कमाएको रकमको ३० प्रतिशत नेपाल रहनु पर्ने र बाँकी पनि नेपालको उच्च करदर रहेको बारेमा पनि उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । सरकारले यी विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

व्यवसायीसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले यी समस्याहरु प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले रेमिटेन्स र आयात भंसार महसुलमा आधारित नेपालको अर्थतन्त्र उपभोत्त आधारित अर्थतन्त्रमा परिणत हुँदै गरेको प्रतिचिन्तासमेत व्यक्त गरेका थिए । देशको आर्थिक विकासका लागि दीर्घकालीन स्थायित्वका लागि आयात प्रतिस्थापन र निर्यातमुखी अर्थतन्त्र नै दिगो समाधान भएको उनको भनाइ छ ।

भेटमा सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम, युनिलिभर नेपाल प्रालिका प्रवन्ध निर्देशक अम्लम मुखर्जी, एसियन पेन्ट्स नेपाल प्रालिका प्रबन्ध निर्देशक अभिमान बरारिया, जी. गोपाल कृष्णन, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका उपप्रमुख कार्यकारी अधिकृत गोरख राणा, बर्जर जेनसन एण्ड निकोलसन नेपालका व्यवस्थापन सल्लाकार सैबाल घोष, डाबर नेपाल प्रालिका वित्त नियन्त्रक मयुर कुमार र नेपाल–भारत उद्योग वाणिज्य संघका महानिर्देशक केशवमान सिंह रहेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal