Skip to content
Prabhu

१० महिनामा जीवन बिमा कम्पनीमा करिब ११ अर्बको बिमा पोलिसी सरेन्डर

 

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बिमा कम्पनीहरुको झन्डै ११ अर्ब रुपैयाँ बराबरको बिमा पोलिसी सरेन्डर भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिका १४ वटा जीवन बिमा कम्पनीहरुको १० अर्ब ७० करोड बढीको बिमा पोलिसि सरेन्डर भएको हो ।

नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार यो अवधिमा कुल १४ जीवन बिमा कम्पनीका ८७ हजार २०१ वटा बिमा पोलिसि सरेण्डर भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै बिमा पोलिसी सरेण्डर हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीका बिमितले २४ हजार ३३० वटा पोलिसी सरेन्डर गरेका छन् । तथ्यांकअनुसार यो कम्पनीका बिमितले वैशाख मसान्तसम्म ३ अर्ब ८० करोड २४ लाख रुपैयाँको बिमा पोलिसी सरेण्डर भएका छन् । यो कुल सरेन्डरको ३५.५३ प्रतिशत हुन हो ।

यस्तै १० महिनाको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) को २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको बिमा पोलिसि सरेन्डर भएको छ । यो अवधिमा कम्पनीका १७ हजार २९६ बिमितले पोलिसी सरेन्डर गरेका छन् । यो जम्मा सरेन्डरको २२.०९ प्रतिशत हो । प्राधिकरणको तथ्यांकअनुसार १० महिनाको अवधिमा सबैभन्दा कम बिमा पोलिसी सरेन्डर हुने कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स हो । यो कम्पनीको ५ करोड २३ लाख रुपैयाँ बराबरको ५४३ वटा पोलिसी सरेन्डर भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार वैशाख मसान्तसम्म राष्ट्रिय बिमा संस्थानको १० हजार ४८३ बिमा पोलिसि सरेन्डर भएका छन् । यो कम्पनीको ९० करोड २१ लाख रुपैयाँ बराबरका बिमा पोलिसी सरेण्डर भएको छ । त्यस्तै वैशाख मसान्तसम्म नेसनल लाइफ इन्स्योरेन्सको ५ हजार ६७१ वटा पोलिसि सरेन्डर भएका छन् । नेशनल लाइफका बिमितले ७९ करोड ५२ लाख रुपैयाँ पोलिसी सरेन्डर गरेका छन् ।

त्यस्तै यो अवधिमा मेट लाइफका बिमितले ३३ करोड ३१ लाख बराबरको ३ हजार ३२५ वटा बिमा पोलिसी सरेण्डर गरेका छन् । एयिशन लाइफको ६७ करोड ७० लाख रुपैयाँ बराबरको ७ हजार ९४३ वटा र आइएमई लाइफको १० करोड ५६ लाख बराबरको १ हजार १८२ वटा बिमा पोलिसी सरेन्डर भएको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

त्यस्तै रिलायबल नेपालको ७ करोड ५७ लाख बराबरको १ हजार २४९ पोलिसी सरेण्डर भएका छन् । सिटिजन्स लाइफको १२ करोड १६ लाख रुपैयाँ बराबरको २ हजार १२ वटा पोलिसी सरेण्डर भएका छन् । त्यस्तै सूर्यज्योति लाइफको ५८ करोड १० लाख बराबरको ४ हजार २१९ वटा, सानिमा लाइफको १६ करोड ५० लाख बराबरको १ हजार ५२० वटा, हिमालयन लाइफको ५७ करोड ८९ लाख बराबरको ६ हजार ५०९ वटा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै प्रभु महालक्ष्मी लाइफको १४ करोड २१ लाख बराबरको ९२१ वटा पोलिसी सरेण्डर भएका छन् ।

के हो बिमा पोलिसी सरेन्डर ?

सामान्यतया सरेन्डर भन्नाले त्याग्नु वा समर्पण गर्नु हो । पोलिसी सरेन्डर भन्नाले कुनै बिमितले बिमा कम्पनीबाट किनेको पोलिसी मन नपरेको खण्डमा वा अन्य कुनै कारणले बीचमा नै त्याग्नु हो ।

जीवन बिमालेखसम्बन्धी निर्देशीका २०७८ मा पनि बिमा पोलिसी खरीद गरेको मितिबाट ३ वर्षपछि सरेन्डर गर्न पाउने व्यवस्था छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal