Skip to content
Prabhu

हकप्रद प्रस्ताव पारित गर्दै सकियो युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । इन्स्योरेन्सको विशेष साधारणसभा जेठ ३१ गते सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै, हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएअनुसार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सभामा संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ । साथै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६१८ बीमा शुल्कबापत २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ आर्जन गरि तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन भएको जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal