Skip to content
Prabhu

पाँचथर पावर कम्पनीको सञ्चालकमा यज्ञप्रसाद चापागाई र प्रकृति राज तिम्सिना नियुक्त

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको सञ्चालकमा दुई जनालाई नियुक्त गरिएको छ । कम्पनीको जेठ ३१ गते बसेको बैठकले यज्ञप्रसाद चापागाई र प्रकृति राज तिम्सिनालाई नियुक्त गरेको हो ।

कम्पनीका यसअघिका सञ्चालक लालप्रसाद साँवाले राजीनामा दिए पनि उनको ठाउँमा बाँकी कार्यकालका लागि चापागाई र स्वतन्त्र सञ्चालकमा प्रकृति राज तिम्सिनालाई नियुक्त गरेको छ । साँवाले दिएको राजीनामा पनि कम्पनीले स्वीकृत गरेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal