Skip to content

रुस–युक्रेन युद्धपछि जर्जिया बन्यो सरोगेसीका  लागि रोजाइको गन्तव्य

nabil bank
एजेन्सी । एक समय यूरोपमा कारोबारी सरोगेसी (भाडाको कोख)को सबैभन्दा राम्रो गन्तव्य युक्रेन हुने गर्दथ्यो । तर जब रुसले युक्रेनमाथि आक्रमण गर्यो त्यस बेलादेखि सरोगेसीबाट जन्मने बच्चाको संख्या ९० प्रतिशतले कमी आएको छ ।
त्यसैले बच्चा जन्माउने चाहना राख्नेहरु युक्रेनको साटो जर्जियातर्फ आँखा दौडाउन थालेका छन् । त्यसैले पछिल्लो समय जर्जियामा सरोगेसीको जुन मूल्य तोकिएको छ त्यसमा निकै वृद्धि देखिएको छ । यस कारणले महिलामाथि दबाब बढाउन सक्ने सम्भाववना पनि बढेको छ । किनभने सरोगेसीका लागि निकै धेरै संख्यामा विदेशी महिलाहरुलाई भर्ती गरिएको छ ।
३७ वर्षे अलिना (परिवर्तित नाम) भन्छिन्, “यदि पैसाको विषय हुँदैनथ्यो भने मैले यो काम गर्दैन थिए ।” अलिनाले एक जोडी बच्चालाई पेटमा पाल्नका लागि जर्र्जियाको एक सरोगेसी एजेन्सीका साथ सम्झौता गरेकी छन् । अलिनालाई गर्भवतीको अवधिमा प्रत्येक महिना पाँच सय डलर मिल्नेछ । साथै बच्चा जन्मिएपछि उनलाई १५ हजार डलर भुक्तानी गरिनेछ ।
उनी भन्छिन्, “म ती परिवारहरुलाई सहयोग गर्न चाहन्छु जसले आफै बच्चा जन्माउन सक्दैनन् । मैले निकै धेरै परिवार बच्चा जन्माउन नसकेका कारणले टुटेको पनि देखेकी छु ।”
यद्यपि अलिना यो पनि थपिछन् कि उनलाई सबैभन्दा धेरै पैसाकै जरुरी छ । आफ्नो परिवारलाई राम्रोसँग राख्नका लागि उनी यो काम गर्न बाध्य छिन् । उनी आफूसँग बच्चाका लागि बलियो बन्न निकै जरुरी रहेको बताउँछिन् ।
सरोगेसीको प्रक्रियामा माता पिता बन्नका लागि आकांक्षी जोडीको अण्डणु र शुक्राणुलाई ल्यावमा मिलाएर भ्रुण तयार पारिन्छ । जसलाई टेस्ट ट्युव पनि भनिन्छ । र, यो भ्रुणलाई सरोगेट आमा अर्थात बच्चा जन्माउने महिलाको गर्भमा राखिन्छ । उक्त महिलाको गर्भमा भाडाामा लिइएको हुन्छ । विश्वभर सरोगेसीको कारोबार करोडौं डलरमा हुने गरेको छ ।
जर्जियाको सरोगेसी एजेन्सीले अलिनालाई उनको देश कजाख्स्तानमा भर्ती गरेको थियो । जहाँ अलीनाले दुई बच्चाको रेखदेख एक्लै गर्दै आएकी थिइन् । अलीनालाई त्यहाँ कपडाको पसलमा काम गर्दा जति पैसा मिल्थ्यो त्यसको तीन गुणा बढी पैसा सरोगेसीमा प्राप्त भइरहेको छ ।  अलीना आफूलाई बच्चाभन्दा अरु कसैको पनि पीर चिन्ता नभएको सुनाइन् ।
यूरोपमा भइरहेको कोखको कारोबारमा जर्जियाले यूक्रेनलाई पछाडि पारिसकेको छ । जर्जियाको जनसंखउया युक्रेनको दसौं हिस्सा बराबर नै छ । पछिल्लो समय यसप्रकारको कारोबार अझ बढ्दै गएको छ । एकातिर सामाजिक डर र अर्कोतर्फ कानूनी अड्चनका कारण पनि जहाँ पनि यो कारोबार सहज हुँदैन । सन् २०२३ जुलाईमा तत्कालीन जर्जियाका प्रधानमन्त्री रहेका देशका रुढिवादी ड्रिम पार्टीका नेता इराकली गैरिबाशविलीले विदेशी नागरिकलाई आफ्नो देशमा सरोगेसीमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । त जे होस् चरम गरिबीको चपेटामा परेका महिलाका लागि सरोगेसीको कारोबारमा  संलग्न हुनु कतिपय अवस्थामा बाध्यता पनि हुने गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life