काठमाडौं । कुमारी बैंकले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रहेको सेयर बिक्री गर्ने भएको छ ।
बैंकले ६४ हजार ६१२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयर सर्वसाधारण तथा सगरमाथाका संस्थापक सेयरधनीले किन्न सक्नेछन् ।
यसको लागि कुमारी क्यापिटलमा न्यूनतम २७५ प्रतिकित्ताको दरले आवेदन दिनुपर्ने छ । असार ९ गतेभित्रमा आवेदन दिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्