Skip to content
Prabhu

असारमा ४ कम्पनीको सेयरमा लकइन अवधि सकिँदै

काठमाडौं । असार महिनामा ४ कम्पनीको सेयर लकइन अवधि सकिने भएको छ । असार महिनामा लकइन अवधि सकिने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स र जीवन विकास लघुवित्त छन् ।

म्युचुअल फण्ड तथा कर्मचारीहरूले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि ती सेयर कारोबारमा आउन सक्ने छ । हिमालयन रि इन्स्योरेन्सको १५ लाख कित्ता साधारण सेयरमा असार १० गते लकइन अवधि सकिनेछ । म्युचुअल फण्डहरूलाई सो सेयर असार ११ देखि बिक्रीका लागि बाटो खुल्नेछ ।

त्यस्तै मनकामना स्मार्ट लघुवित्तको कर्मचारीका लागि वितरित ७ हजार ४२४ कित्ता साधारण सेयरमा लकइन अवधि असार २७ गते सकिँदै छ । त्यसबाहेक संस्थापक समूहको १० लाख ८ हजार ३५ कित्ता सेयरमा पनि लकइन अवधि सकिँदै छ । संस्थापक सेयर भने संस्थापकबीच मात्रै खरिदबिक्री हुनेछ ।

जीवन विकास लघुवित्तको कर्मचारीमा वितरित ६७ हजार ३७६ कित्ता सेयरमा असार २२ गते लकइन अवधि सकिनेछ । संस्थापकहरूबीच खरिदबिक्रीका लागि ९० लाख ९५ हजार ७५२ कित्ता सेयरमा पनि लकइन अवधि सकिनेछ ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारीका लागि वितरित ३ लाख २२ हजार ५ सय कित्ता सेयरमा असार ३१ देखि लकइन अवधि सकिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal