Skip to content
Prabhu

प्रिओपन सेसन अपडेटः करिब ४ अंकले बढ्यो नेप्से

 

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबारको प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ९ दशमलव ३२ अंक घटेर २११२ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रिओपन सेसनमा ३ दशमलव ७३ अंक बढेर २११६ दशमलव ०३ विन्दुमा पुगेको हो ।

आइतबारको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०३ अंक बढेको छ । आइतबार प्रिओपन सेसनमा ४९ स्टकको ९० पटकको कारोबारमा ५६ लाख ७१ हजार ९३१ रुपैयाँ ४० पैसा बराबरको ७ हजार ३८० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal