Skip to content
Prabhu

यी हुन सेयर बजारमा धेरै मूल्य घटेका शीर्ष ५ कम्पनी

 

काठमाडौं । आइतबार सेयर बजार परिसूचकमा दोहोरो अंकको गिरावट आयो । कारोबार भएका १७७ कम्पनीको सेयर मूल्यमा गिरावट आएसँग समग्र बजारमा त्यसको असर देखिएको हो ।

आइतबारको कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भयो । नकारात्मक सर्किट लाग्ने कम्पनी हो भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । अघिल्लो कारोबार भन्दा ११३ रुपैयाँ १० पैसाले सेयर मूल्य घटेको यो कम्पनीको करोबार १ हजार १७ रुपैयाँ ९० पैसा पुगेको छ

त्यस्तै धेरै मूल्य घट्ने शिर्ष पाँच कम्पनीमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र प्रभु स्मार्ट फण्ड रहेका छन् । आइतबारको काराबार बन्द हुन्दा समृद्धि फाइनान्सको सेयर मूल्य ६.११ प्रतिशत अर्थात् २६ रुपैयाँ ६० पैसाले घटेर ४०९ रुपैयाँ पुगेको छ ।

त्यस्तै ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य पनि ५.४९ प्रतिशत अर्थात् ८९ रुपैयाँ ९० पैसाले घटेर १ हजार ५४८ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । यता मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य पनि ५.१६ प्रतिशत अर्थात् ६२ रुपैयाँले घटेर १ हजार १३९ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै प्रभु स्मार्ट फण्डको सेयर मूल्यमा पन ि५.११ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य ०.४६ रुपैयाँले घटेर ८ रुपैयाँ ५४ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal