काठमाडौं । पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । चट्याङ लागेर पाल्पा र मकवानपुरमा एक–एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
गएराति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको हो । घरमै बसिरहेका बेला चट्याङले लागेको थियो । गम्भीर घाइते पन्तलाई उपचारको लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए । पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ ।
यस्तै मकवानपुर राक्सिराङ गाउँपालिका २ थुम्की का ४५ को वीरबहादुर प्रजा आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लाग्न गई घाइते भई भएका थिए । उनलाई आज बिहान हेटौडा अस्पताल पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्