Skip to content
Prabhu

घरजग्गा कारोबारबाट जेठ महिनामा ४ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । जेठ महिनामा घरजग्गा कारोबारबाट ४ अर्बभन्दा धेरै राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठ महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको हो । बैशाख महिनामा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व उठेको थियो ।

जेठ महिनामा वैशाख महिनाको तुलनामा ४७ करोड ५४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ । घरजग्गा कारोबारमा सुधार आएसँग राजस्व संकलनमा पनि सुधार भएको हो । विभागको तथ्यांक अनुसार जेठ महिनामा ६१ हजार १६१ वटा लिखत पारित भएको छ । बैशाखमा यो संख्या ४९ हजास ७८२ वटा मात्रै थियो । बैशाखको तुलनामा जेठमा ११ हजार ३७९ वटा बढी लिखत पारित भएका छन् ।

यो अवधिमा सबैभन्दा धेरै कारोबार भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले गरेको छ । यो कार्यालयले २ हजार ३ सय ७५ वटा लिखत पारित गरेको छ । भुमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले २ हजार ३ सय ४८, झापाले १ हजार ९ सय ८१,मोरङले १ हजार ९ सय ५८, राजविराज सप्तरीले १ हजार ७ सय २९ वटा लिखत पारित गरेका छन् । काठमाडौंका मालपोत कार्यालयहरु डिल्लिबजारले २ सय ५४, चाबहिलले ५ सय ३२, कलकींले ७ सय ६३, मनमैजुले ३ सय १७, साँखुले ५ सय २९, टोखाले १ सय ५९ वटा लिखत पारित गरेका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal