Skip to content
Prabhu

इमान्दारिताका साथ काम गर्न कर्मचारीहरुलाई बिमा प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कर्मचारीलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् । बिमा प्राधिकरणबाट सेवा निवृत्त भएका कर्मचारीको विदाइमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले संगठनको विकासको लागि कर्मचारीको सकारात्मक भूमिका आवश्यक रहेको बताए । ‘कर्मचारीको विकास र विस्तारका लागि क्षमता अभिवृद्धिमा हामीले अन्य संगठनभन्दा बढी लगानी गरेका छौ । त्यसैले प्रतिफल आउने गरि काम होस् भन्ने हामी चाहान्छौँ,’ उनले भने । कर्मचरीको बाहिरी रुपले उसको व्यक्तित्व झल्कने भन्दा पनि क्षमताले उसलाई निर्खाने भन्दै यसतर्फ ध्यान दिए व्यक्ति र संस्था दुबैलाई केही दिन सक्ने हुँदा यसतर्फ कर्मचारीहरुले ध्यान दिनु आवश्यक रहेको बिषय सुझाएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal