Skip to content
Prabhu

जेठ महिनामा रोजगारीका लागि ७२ हजार बढी व्यक्ति विदेशीय

काठमाडौं । रोजगारीको खोजीमा जेठ महिनामा ७२ हजार भन्दा बढी व्यक्ति विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ महिनामा ७२ हजार ८६१ जना नेपाली रोजगारीका लागि विदेश गएका हुन् ।

जेठ महिनामा नयाँ पुराना गरि ६४ हजार ८८६ जना पुरुष र ७ हजार ९७५ जना महिना श्रम स्वीकृति लिएर विदेश गएका छन् । रोजगारीका लागि विदेश जानेहरुमध्ये अधिकांश खाडी मुलुक र मलेसिया गएका छन् । जेठ महिनामा नेपालबाट सबैभन्दा धेरै रोजगारीका लागि युएई गएका छन् । जेठ महिनामा नयाँ र पुराना गरी २० हजार ४२४ जना रोजगारीका लागि युएई गएको तथ्यांकले देखाएको छ । रोजगारीका लागि युएइ पछि धेरै जनाको रोजगार गतव्य मुलुका रुपमा साउदी अरब रहेको छ । जेठ महिनामा नेपालबाट रोजगारीका लागि श्रम स्वीकृति लिएर साउदीजाने नेपालीको संख्या १३ हजार ३६६ जना रहेका छन् ।

त्यस्तै जेठ महिनामा कतार जाने नेपालीको संख्या पनि ११ हजार ९७३ जना रहेको छ । नेपालीहरुको अर्को रोजगार गन्तव्य मुलुक मलेसिया जाने नेपालीको संख्या ८ हजार ७५२ जना रहेको छ । त्यस्तै जेठ महिनामा रोजगारीका लागि कुवेत जाने नेपालीको संख्या ३ हजार ४३२ जना रहेको छ । त्यस्तै जेठ महिनामा नेपालबाट रोजगारीका लागि बहराइन जाने नेपालीको संख्या १ हजार १२१ जना रहेको छ ।

जेठ महिनामा रोजगारीका लागि युरोपेलि मुलुकहरुमध्ये सबैभन्दा धेरै नेपाली क्रोयसिया गरेका छन् । जेठ महिनामा क्रोयसिया जाने नेपालीको संख्या २ हजार ९२६ जना रहेका छन् । त्यस्तै अर्को युरोपेली मुलुक रोमानिया जाने नेपालीको संख्या १ जार ९४६ जना रहेका छन् ।

त्यस्तै जेठ महिनामा साइप्रस जाने नेपालीको संख्या ८९९ र माल्टा जानेको संख्या ८६८ जना रहेका छन् । यो एक महिनाको अवधिमा रोजगारीका लागि जापान जाने नेपालीको संख्या १ हजार ९३ जना र कोरिया जाने नेपालीको संख्या ८५० जना रहेका रहेका छन् । जेठ महिनामा नेपालबाट रोजगारीका लागि १०० मुलुकमा रोजगारीका लागि विदेश गएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal