Skip to content
Prabhu

नेपाली सेनाको पम्पमा पनि सकियो इन्धन

काठमाडों । नेपाली सेनाको भद्रकालीमा रहेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण निजी पम्पहरुमा आइतबारदेखिनै इन्धन थिएन् । सेनाले सञ्चालन गरेको पम्पमा पनि इन्धन सकिए पछि आम उपभोक्ताहरु मारमा परेका छन् ।

भद्रकालीको पम्पमा पेट्रोल÷डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो । सीमित पेट्रोल पम्पहरु खुल्दा दुई पांग्रे र चार पांग्रे सवारी साधनहरुको लामो लाइन लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal