Skip to content
Prabhu

श्रीकेश तेलमा महानगरको छापा, बिक्री वितरणमा रोक

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेलको कारखानामा छापा मारेको छ । श्रीकेश तेलको उत्पादक सप्तऋषि आयुर्वेद कम्पनीमा महानगरले छापा हानेको हो ।

श्रीकेशबारे गुनासो आएपछि मेयर बालेन्द्र साहको निर्देशमा महानगर प्रहरी र अनुगमन विभागले संयुक्त अनुगमन गरेको हो । महानगरले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन समय दिएको छ । छापापछि कम्पनी आफैंले कारखानामा ताला लगाएको छ । सो क्रममा महानगरको निरीक्षण टोलीले ल्याब परीक्षणका लागि तेलको नमुना लगेको छ ।

नमुना परीक्षणबाट आएको रिपोर्टका आधारमा अनुसन्धान गरी कारबाही गरिने महानगरले बताएको छ । त्यतिबेलासम्म बिक्रीवितरण र प्रचारप्रसारमा महानगरले रोक लगाइएको छ । महानगरले प्रचार सामग्री पनि हटाइदिएको छ । विज्ञापन मापदण्डविपरीत तथा स्वीकृतिभन्दा ठूलो भएको भन्दै प्रचार सामग्री हटाएको हो ।

कम्पनीको महानगरपालिका–३१ शान्तिनगरस्थित कारखानामा महानगरले अनुगमन गर्दा कम्पनीले दाबी गरेको आईएसओ मान्यताको प्रमाणपत्र नक्कली रहेको फेला परेको थियो । क्यूआरसहितको प्रमाणपत्र प्राविधिकले विश्लेषण गर्दा नक्कली रहेको पाइएको हो ।

कारखानामा छापा हानेपछि महानगरको टोली मध्यबानेश्वरमा रहेको बिक्री केन्द्रमा पुगेको थियो । फरक व्यक्तिको स्वामित्वमा रहेको भनिएको बिक्री केन्द्रको अनुगमनका गर्दा वास्तविकता अर्कै रहेको पाइएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal