Skip to content
Prabhu

प्रिओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार १७ दशमलव ०४ अंक घटेर २०९५ दशमलव २५ विन्दुमा बन्द भएको नेप्से, मंगलबारको प्रि ओपन सेसनमा ३ दशमलव ३३ अंक बढेर २०९८ दशमलव ५९ विन्दुमा पुगेको हो ।

मंगलबारको प्रिओपन सेननमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०५ अंक बढेको छ । मंगलबार प्रिओपन सेसनमा ४८ स्टकको ७७ पटकको कारोबारमा १२ लाख २१ हजार ५७३ रुपैयाँ ८० पैसाबराबरको १ हजार ८१३ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal