Skip to content
Prabhu

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार र बढीमा उल्लेखित सबै कित्ताका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ । उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूलेहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको भएको मितिले ७ दिन भित्र कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्निेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal