Skip to content
Prabhu

कुमारी बैंकको ५ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा आवेदन दिने म्याद थप

 

काठमाडौं । कुमारी बैंकले जेठ २९ गतेदेखि लिलामीमा ल्याएको ५ लाख ८१ हजार २ सय ५१ कित्ता संस्थापक सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले सूचना प्रकाशन गर्दै उक्त सेयरमा आवेदन दिने समय थप गरेको हो ।

थप गरिएको समयअनुसार अब असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसअघि बैंकले असार ४ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको थियो । उक्त सेयर खरिदको लागि जोकोही व्यक्ति, कम्पनी तथा संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal