Skip to content
Prabhu

कर्णाली चिनाउने फोटो–भिडियोको प्रदर्शन ‘कनेक्टिङ कर्णाली’ सम्पन्न

काठमाडौं । संघीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रूपमा काठमाडौंमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ । तीन दिनसम्म काठाडौंमा सञ्चालन भएको प्रदर्शनी सोमबार सकिएको हहो ।

मनघरी फाउन्डेसनको अग्रसरतामा यही असार १ देखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौंसँग जोड्ने अभियान सुरू गरिएको थियो । कर्णालीलाई काठमाडौंसँग जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले जानकारी दिए । ‘हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ । यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो । यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत गर्यो भन्नेमा हामी विश्वस्त छौँ’, थापाले भने ।

कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उनले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal