Skip to content
Prabhu

सेयर बजारमा दोहोरो अंकको गिरवाट, कारोबार रकममा पनि कमी

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिनमा पनि घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो ।

मंगलबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १८ दशमलव ६७ अंकले घटेको हो । मंगलबारको कारोबार बन्द हुदा परिसूचक २०७६ दशमलव ४९ विन्दुमा पुगेको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य घट्दा त्यसको प्रभाव बजारमा देखियो । आज सबै उप समूहको परिसूचक राताम्य देखियो।

आज १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको मात्रै बढेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । मंगलबार नेप्सेसँग कारोबार रकममा पनि कमि आएको छ । अघिल्ला कारोबारमा ६ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ४ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ ।

मंगलबार सेयर बजारमा ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ५८ हजार ११९ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७२ अंकले घटेर ३६७ दशमलव २० विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal