Skip to content
Prabhu

यी हुन सेयर बजारमा धेरै बढ्ने शीर्ष ५ कम्पनी

काठमाडौं । मंगलबार सेयर बजार राताम्य भएर बन्द भयो । अधिकांश कम्पनी र सबै उप सूचक राताम्य भएको दिन सेयर बजार परिसूचक १८ अंक भन्दा धेरैले घट्यो हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य मात्रै बढ्यो । त्यसमध्ये पनि एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्यो । सेयर बजार राताम्य हुँदा पनि सकारात्मक सर्किट लाग्ने कम्पनी हो समाज लघुवित्त वित्तीय संस्था । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढेको हो । यो कम्पनीको सेयर मूल्य २१९ रुपैयाँले बढेर २ हजार ४०९ रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

त्यस्तै धेरै मूल्य बढ्ने कम्पनीको शिर्ष पाँच भित्र परेका अन्य कम्पनीमा माण्डु हाइड्रोपावर लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, दिव्येश्वरी हाइड्रोपावर लिमिटेड र एनआईसी एसिया सन्तुलित कोष छन् । माण्डु हाइड्रोपावको सेयर मूल्य पनि ७.८३ प्रतिशत अर्थात् ७३ रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।

त्यस्तै वीन नेपाल लघुवित्तको सेयर मूल्य पनि आज ६.२० प्रतिशत अर्थात् ८६ रुपैयाँले बढेर १ हजार ४७३ रुपैयाँमा कारोबार बन्द भएको छ । दिव्यश्वरी हाइड्रोको सेयर मूल्य पनि आज ४.८६ प्रतिशतले बढेर बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य १० रुपैयाँ २० पैसाले घटेर २२० रुपैयाँ २० पैसा कायम भएको छ । त्यस्तै एनआईसी एसिया सन्तुलित कोषको सेयर मूल्य पनि ३.९३ प्रतिशत अर्थात् ०.३४ रुपैयाँले बढेर ८ रुपैयाँ ९९ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal