Skip to content
Prabhu

मंगलबार धेरै सेयर मूल्य घट्ने पाँच कम्पनी, दुई कम्पनीमा नकारात्मक सर्किट

 

काठमाडौं । मंगलबार सेयर बजार राताम्य भएर बन्द भयो । परिसूचक दोहोरो अंकले घटेको दिन १९८ कम्पनीको सेयर मूल्य घटेर बन्द भएको छ । मंगलबारको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा त नकारात्मक सर्किट नै लागेको छ ।

मंगलबारको कारोबार बन्द हुँदा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा १० प्रतिशतले घटेको हो । आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १८० रुपैयाँले घटेर १ हजार ६२० रुपैयाँ पुगेको छ । त्यस्तै कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य पनि १७३ रुपैयाँले घटेर १ हजार ५५७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यी दुई कम्पनीबाहेक आज धेरै सेयर मूल्य घटेका कम्पनीहरुमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मेँछियम हाइड्रोपावर लिमिटेड रहेका छन् । मंगलबारको कारोबार बन्द हुँदा बाराही हाइड्रोपावरको सेयर मूल्य ६.१ प्रतिशत अर्थात् ४३ रुपैयाँले घटेर ६७२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसतै भगवती हाइड्रोपावरको सेयर मूल्यमा ४.७१ प्रतिशतको गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मुल्यमा ४७ रुपैयाँ ९० पैसाले घटेर ९७० रुपैयाँ पुगेको छ । त्यस्तै मेँछियम हाइड्रोपावरको सेयर मूल्य ४.०९ प्रतिशत अर्थात् १७ रुपैयाँ ७० पैसाले घटेर ४१५ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal