Skip to content
Prabhu

वाणिज्य बैंकको सेयर मूल्य आईपीओकै हाराहारीमा, कुन बैंकको मूल्य कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको पछिल्लो समय सेयर मूल्य साधारण सेयर (आईपीओ) को हाराहारीमा पुगेको छ । पछिल्लो समय आम सर्वसाधारणका लागि आईपीओ जारी नभएको करिब ७ महिना पुग्न लागिसकेको छ । पछिल्लो सयम आईपीओ पनि प्रिमियर मूल्यमा जारी गर्ने गरेका छन् । प्रिमियर मूल्यमा आईपीओ जारी गर्दा प्रतिकित्ता १०० रुपैयाँ भन्दा बढी मूल्य हुने गरेको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुको सेयर मूल्य पनि सोही हाराहारीमा पुगेको छ । मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकको सेयर मूल्य २०० भन्दा तल रहेको छ । मंगलबारको सेयर कारोबार बन्द हुँदा लक्ष्मी सनराइज बैंक, कुमारी बैक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र नेपाल इनभेष्टमेन्ट मेघा बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा तल रहेको छ । त्यस्तै प्रभु बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई बैंकको सेयर मूल्य पनि २०० रुपैयाँ भन्दा तल झरेको हो ।

मंगलबारको कारोबार बन्द हुँदा लक्ष्मी सनराइज बैंकको सेयर मूल्य १५४ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै कुमारी बैंकको सेयर मूल्य पनि १३८ रुपैयाँ ९० पैसा पुगेको छ । यता एनएमबि बैंकको सेयर मूल्य १९० रुपैयाँ २० पैसा, प्राइम कमर्सियल बैंक १९८ रुपैयाँ १० पैसा र हिमालयन बैंकको सेयर मूल्य १८२ रुपैयाँमा पुगेको छ ।

२०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएका अन्य बैंकमा नेपाल इनभेष्टमेन्ट मेघा बैंकको १५६ रुपैयाँ ८० पैसा, प्रभु बैंकको १४२ रुपैयाँ ९० पैसा, सिटिजन्स बैंकको १६४ रुपैयाँ ५० पैसा, माछापुच्छ्रे बैंकको १७२ रुपैयाँ र ग्लोबल आइएमई बैंकको १७९ रुपैयाँ २० पैसा पुगेको छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सबैभन्दा कम सेयर मूल्य भएको बैंक कुमारी बैंक हो भने सबैभन्दा धेरै सेयर मूल्य भएको बैंक स्टान्र्डर्ड चार्टर्ड बैंक हो ।

त्यस्तै २०० रुपैयाँ भन्दा बढी सेयर मूल्य भएका वाणिज्य बैंकहरु ५ वटा रहेका छन् । सिद्धार्थ बैंकको (२४८), नेपाल एसबिआई बैंकको (२९२.१०), सानिमा बैंकको (२४८.१०), नेपाल बैंक (२१३.९०) र कृषि विकास बैंकको (२६१.५०) रुपैयाँमा मंगलबारको कारोबार बन्द भएको छ ।
मंगलबारको कारोबार बन्द हुँदा सबैभन्दा धेरै सेयर मूल्य भएको बैंक स्टान्र्डर्ड चार्टर्ड बैंक हो ।

यो बैंकको सेयर मुल्य प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसा रहेको छ । त्यस पछि उच्च सेयर मूल्य भएको बैंक एभरेष्ट बैंक हो । एभरेष्टको प्रतिकित्ता ५३१ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै नविल बैंकको ४६९ रुपैयाँ र एनआईसी एशिया बैंकको सेयर मूल्य ४०४ रुपैयाँ रहेको छ । यी बैंक बाहेक अन्य कुनै पनि बैंकको सेयर मूल्य ३०० को हाराहारीमा पनि छैन ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal