Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता हुँदै

 

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता नदिएका ३ जनाको आज अन्तर्वार्ता हुने भएको छ । आइतबारका लागि बोलाइएको अन्तर्वार्तामा अनुपस्थित रहेका ३ जनालाई बुधाबार (आज) का लागि पुनः बोलाइएको हो ।

आइतबारको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएका थिए । सो अन्तर्वार्तामा अनुपस्थित रहेका डा. नवराज अधिकारी, कृष्ण कार्की र चिरञ्जीवी चापागाईँलाई आज अन्तर्वार्ताका लागि बोलाइएको हो । आइतबारको अन्तर्वार्तामा मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र उपस्थित भएका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal