Skip to content
Prabhu

पूर्वमा झापा डुबिरहँदा पश्चिम कञ्चनपुरमा धुलो, कहिले पर्ला पश्चिममा पानी

काठमाडौं । नेपाल भौैगोलिक रूपमा सानो देश हो । भूपरिवेष्ठित यो मुलुकको भूगोल सानो भए पनि हावापानी र प्राकृतिक हिसावले भने यो निकै नै विविधतायुक्त छ । नेपालको पूर्व पश्चिम औसत लम्बाइ नै ८८५ किलोमिटर रहेको छ । तर, हावापानी र प्राकृति हिसावले भने यो निकै नै फकर रहन्छ।

नेपालमा पूर्वको झापा र पश्चिमको कञ्चनपुरको धेरै कुरामा समानता छैन । समानता छ त केबल समथर भूभाग र गर्मी धेरै हुनु । त्योबाहेक प्राकृति रूपमा यी जिल्लाको कुनै पनि समानता पाउन निकै गाह्रो हुन्छ ।

अहिले नेपालमा मनसुन सक्रिय छ । मनसुनले पूर्वका जिल्लाहरुमा बाढीपहिरो र ढुबान भइरहँदा पश्चिमका जिल्लामा भने खडेरी र गर्मी छ । केही दिनअघि संखुवासभामा पहिरोले मानवीय क्षति नै ग¥यो । निरन्तरको वर्षाका कारण मंगलबार झापाका विभिन्न स्थान डुबानमा परे । पूर्व क्षेत्र डुबानमा पर्दा पश्चम क्षेत्रभने काकाकुल झै भइरहेको छ । मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुबान भएको छ ।

कच्ची घरमा पाँच फिटसम्म डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशी, संजय राजवंशी, कुञ्जी राजवंशीको घर डुबेको र उनीहरु विस्थापित भएका छन् । यताको अवस्था यस्तो हुँदा पश्चिममा भने अझै पनि पानी पर्ने सकेको छैन ।

अझ सुदूरपश्चिमसम्म मनसुन सक्रिय हुनका लागि अझै एक साता लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पूर्व क्षेत्रबाट नेपाल भित्रिने मनसुन पश्चिम क्षेत्र हुँदै बाहिरिन्छ । ८८५ किलोमिटरको दूरी पार गर्नका लागि पनि मनसुनलाई एक साताभन्दा बढी समय लाग्ने गर्छ ।

पश्चिम नेपालका तराइमा मात्रै होइन पहाडी जिल्लाहरुमा पनि लामो समयदेखि पानी नपर्दा जनजीवन निकै कस्टकर भइरहेको छ । ती जिल्लाका सर्वसाधारणहरु पानी पर्ने पर्खाइमा रहेका छन् । तर, अहिलेसम्म पनि त्यो क्षेत्रमा पानी पर्ने कुनै गुन्जायस नै छैन ।

अहिलेकै अवस्थामा पश्चिम नेपालमा पानी पर्ने कुनै पनि सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम विद् चिरञ्जीवी भेटवालले लगानी न्यूजलाई जानकारी दिए । मनसुनी अवस्था पूर्वबाट सुरु हुने भएकाले पश्चिममा भन्दा पूर्वमा पहिले प्रभाव पर्ने उनको भनाइ छ ।

पश्चिम क्षेत्रमा अझै पनि पश्चिीमी वायु सक्रिय रहेकाले अर्को हप्ता मात्रै पश्चिमसम्म नै मनसुनको प्रभाव देखिने भेटवालले बताए । अहिले पश्चिमी वायुले पूर्वीय वायुलाई प्रवेशमा अवरोध गरेकाले देशभरि नै पानी पर्न नसकेको हो । अहिलेको अवस्था कायम रहेको खण्डमा अर्को साता मात्रै सुदूरपश्चिमसम्म नै पानी पर्छ,’ उनले भने ।

असारको ६ गतेसम्म त पश्चिम नेपालको तरार्इका जिल्लामा तातो हावा चन्ने उनको भनाइ छ । केही गरी रातारात अवस्था फेरबदल भएको खण्डमा बाहेक यो साताभित्र सबै क्षेत्रमा मनसुन सक्रिय हुने अवस्था छैन । यो भनेको सुदूरपश्चिमसम्म नै मसुन प्रवेश गर्नका लागि अर्को हप्ता नै कुर्नु पर्ने देखिन्छ,’ उनले भने ।

काठमाडौंमा गए राति भएको वर्षा मनसुनको कारणले भन्दा पनि स्थानीय वायुका कारण पानी परेको मौसम विद भेटवालले जानकारी दिए । अझै केही दिन पश्चि तरार्इका जिल्लामा तातोहावा चल्ने भएकाले सावधानी अपनाउन पनि मौसमविदको आग्रह छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal