Skip to content
Prabhu

सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँ सस्तियो

 

काठमाडौं । सुनको मूल्य बुधबार पनि स्थिर रहेको छ । अघिल्लो दिन पनि स्थिर रहेको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । सुन स्थिर रहेको दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन पनि मंगलबारकै मूल्यमा खरिद बिक्रीभइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ सस्तो भएर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस सुनको मूल्य २ हजार ३२७.७४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal