Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब साढे १ अंक बढ्यो नेप्से

 

काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ दशमलव ७६ अंक घटेर २०७६ दशमलव ४९ विन्दुमा बन्द भएको नेप्से, बुधबारको प्रि ओपन सेसनमा १ दशमलव २५ अंक बढेर २०७७ दशमलव ७४ विन्दुमा पुगेको हो ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ४९ अंक बढेको छ । बुधबार प्रि ओपन सेसनमा ३८ स्टकको ५२ पटकको कारोबारमा ८ लाख ६० हजार ६४४ रुपैयाँ ४० पैसाबराबरको १ हजार २६१ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal