Skip to content
Prabhu

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया थप पेचिलो, पुनः अन्तर्वार्तामा पनि आएनन् ३ जना उम्मेदवार

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षकाको अन्तर्वार्ताका लागि बोलाइएका तीनै जना उम्मेदवार अनुपस्थित भएका छन् । आइतबार अनुपस्थित भएका तीन जनाका लागिअ आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर आज पनि तीनै जना अनुपस्थित भएपछि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया थप पेचिलो बनेको हो ।

बुधबार बिहान ९ बजेका लागि अन्तर्वार्ताको समय तोकिएको थियो । तर, आइतबार अनुपस्थित भएका तीनै जना उम्मेदावर आज पनि अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।

उम्मेदवारहरु अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना बढेको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ ।’ यही कानुनी व्यवस्था अनुसार अन्तर्वार्तामा सहभागी भएका २ जनाको नाम मात्रै सिफारिस गर्न नमिल्ने भएकाले छनोट प्रक्रिया रद्द हुने अवस्था देखिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal