Skip to content
Prabhu

यी हुन आज धेरै सेयर मूल्य बढेका ५ कम्पनी

 

काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनी मध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको दिन परिसूचक २ दशमलव २७ अंकले बढेको हो ।

सेयर बजारमा आज सबैभन्दा धेरै बढ्ने पाँच कम्पनीमा नेपाल फाइनान्स लिमिटेड, समाज लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी सना जलविद्युत लिमिटेड, मंदाकिनी हाइड्रोपावर लिमिटेड र सामलिंग पावर कम्पनी लिमिटेड रहेका छन् । आज सबैभन्दा धेरै बढेको कम्पनी नेपाल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६५ रुपैयाँ ८० पैसाले बढेर ७२४ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै समाज लघुवित्तको सेयर मूल्य पनि ९.८८ प्रतिशत अर्थात् २३८ रुपैयाँले बढेर २ हजार ६४७ रुपैयाँमा आजको कारोबार बन्द भएको छ । कुथेली बुखारीको सेयर मूल्य पनि ९.३५ प्रतिशत अर्थात् १४६ रुपैयाँले बढेर १ हजार ७०३ रुपैयाँमा कारोबार बन्द भएको छ । शीर्ष पाँच कम्पनी भित्र परेको अर्को कम्पनी हो मंदाकिनी हाइड्रोपावर । यो कम्पनीको सेयर मूल्यमा ८.२८ प्रतिशत अर्थात् ३८ रुपैयाँ ४० पैसाले बढेर ५०२ रुपैयाँ पुगेको छ । यता सामलिंग पावरको सेयर मूल्य पनि ८.०८ प्रतिशत अर्थात् ४५ रुपैयाँ ५० पैसाले बढेर ६०८ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal