Skip to content
Prabhu

यी हुन सेयर बजारमा धेरै मूल्य घटेका शीर्ष ५ कम्पनी

 

काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य घटेको दिन परिसूचक २ दशमलव २७ अंकले बढेको हो ।

बुधबार सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ९.८८ प्रतिशतले घटेको हो । अघिल्लो दिन पनि यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर बन्द भएको थियो । यो कम्पनीको सेयर मूल्य १६० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ पुगेको छ ।

आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कुमारी सबल योजना, एनआईसी एसिया सेलेक्ट फण्ड ३०, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र नबिल ब्यालेन्स फण्ड २ रहेका छन् । आज कुमारी सबल योजनाको सेयर मूल्य ३.०६ प्रतिशत अर्थात् ०.२५ रुपैयाँले घटेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ । त्यस्तै एनआईसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य २.४७ प्रतिशत अर्थात् ०.२३ रुपैयाँले घटेर ९ रुपैयाँ ०८ पैसा पुगेको छ ।

त्यस्तै आज दिव्यश्वरी हाइड्रोको सेयर मूल्य पनि २.३२ प्रतिशत अर्थात् ५ रुपैयाँ १० पैसाले घटेर २१५ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । यता नविल ब्यालेन्स फण्ड २ को सेयर मूल्य २.२९ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्यमा ०.१९ रुपैयाँले कमी आएर ८ रुपैयाँ ११ पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal