काठमाडौं । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ। सञ्चालनमा नआउँदै २०७८ सालको बाढीपहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिने भएको हो ।
बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २ अर्बभन्दा बढी नेपाली रुपैया अनुदानमा उपलब्ध गराएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । २ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ ।
आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।
प्रतिक्रिया दिनुहोस्