Skip to content
Prabhu

बिहीबार सुनको मूल्य तोलामा ६ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । साताको पाँचौं दिन बिहीबार छापावाला सुनको मूल्य  प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार र बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ४० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३३९.२६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.२७ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal