Skip to content
Prabhu

श्री एयरलाइन्सको आज काठमाडौं–भरतपुर परीक्षण उडान, गृहमन्त्री लामिछानेले उद्घाटन गर्ने

 

कठमाडौंं । श्री एयरलाइन्सले बिहीबार काठमाडौं–भरतपुर परीक्षण उडान गर्ने भएको छ । श्रीको ८० सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान गर्न लागेको हो ।

परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर जाने कार्यक्रम रहेको छ । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर जान लागेको हो । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति मागेको थियो ।

अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् । अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताइएको छ । भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटीआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्ने बताइएको छ । श्री एयरलाइन्सले नियमित रूपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal