Skip to content
Prabhu

प्रिओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको अन्तिम कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक १७ दशमलव ३७ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २ दशमलव २७ अंक बढेर २०७८ दशमलव ७६ विन्दुमा बन्द भएको नेप्से बिहीबारको प्रि ओपन सेसनमा १६ दशमलव ३७ अंक बढेर २०९५ दशमलव १३ विन्दुमा पुगेको छ ।

बिहीबारको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४ दशमलव ५७ अंक बढेको छ । बिहीबार प्रिओपन सेसनमा ७० स्टकको ८८ पटकको कारोबारमा १० लाख २२ हजार ९८१ रुपैयाँ ८० पैसाबराबरको १ हजार ७३३ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ४७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal