Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्ष नहुँदा सेयर बजार प्रभावितः सांसद हरि ढकाल

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा सेयर बजार प्रभावित भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै अध्यक्ष नहँँुदा २२ अर्बसम्म कारोबार भएको सेयर बजार प्रभावित भएको बताएका हुन् ।

लामो समयदेखि बोर्डमा अध्यक्ष नहुँदा लाखौँ लगानीकर्ताको लगानी रहेको पुँजी बजार प्रभावित भएको उनको भनाइ छ । ‘सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त गर्न नसक्दा ६२ लाख लगानीकर्ता रहेको २२ अर्बसम्म कारोबार भएको पुँजी बजार प्रभावित भएको छ,’ उनले भने ।

सांसद ढकालले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि चैत २५ गते पाकेको खिचडी भाग लगाउनु पर्ने बेला भएको भन्दै व्यग्य समेत गरे । ‘माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्ष नियुक्त गर्न सिफारिस समिति बनाउँछ । फागुन १६ गते आवेदन माग गरेपछि १९ जनाको आवेदन परेको छ । चैत २५ गते ५ जनाको नाम सिफारिस हुन्छ । २५ गते पाकेको खिचडी अब भाग लगाउने बेला भयो होला नी’ उनले प्रश्न गरे ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल कार्यकाल सकेर विदाभए पनि अहिलेसम्म अध्यक्ष पद रिक्त रहेको छ । छनोट प्रक्रिया सुरु गरेर अन्तर्वार्ताका लागि दुई पटक समय दिदाँ पनि २ जना मात्रै उम्मेदवार उपस्थित भए पछि यो प्रक्रिया अहिले थप पेचिलो बनेको छ ।

पछिल्लो समय करिब ७ महिनादेखि साधारण सेयर (आईपीओ) समेत जारी हुन सकेको छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal