Skip to content
Prabhu

कालिका लघुवित्तको सेयर मूल्यमा पौने ८ प्रतिशतले वृद्धि

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घट्यो । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक १० दशमलव ४४ अंकले घटेयो । सबैजसो उपसमूहको सेयर मूल्य घट्दा समग्रमा बाजर राताम्य भयो ।

सेयर बजार राताम्य भए पनि कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने अघिल्लो दिनको भन्दा करिब पौने ८ प्रतिशत बढी नाफा कमाए । यो लघुवित्तको सेयर मूल्य अघिल्लो दिनको भन्दा ७.७१ प्रतिशतले बढेको छ । आज यो कम्पनीको सेयर मूल्य ८३ रुपैयाँ बढेर १ हजार १६० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज बाराही हाइड्रोपावर पब्लीक लिमिटेडका सेयर धनीले पनि ६.६३ प्रतिशत कमाए । यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँले बढेर ७२४ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै सनराइन ब्लूचिप फण्डको सेयर मूल्य पनि ५.९३ प्रतिशतले बढेको छ । यो फण्डको सेयर मूल्य अघिल्लो दिनको भन्दा ०.४७ रुपैयाँले बढेर ८ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै आज गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य पनि ५.४६ प्रतिशत अर्थात् २८ रुपैयाँ ४० पैसाले बढेर ५४९ पैसा पुगेको छ । आज धेरै मूल्य बढ्ने कम्पनीको पाँचौ नम्बर रहेको कम्पनी हो ग्रीन भेन्र्स लिमिटेड । यो कम्पनीको सेयर मूल्य २८ रुपैयाँले बढेर ५७८ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ५.०९ प्रतिशतले धेरै हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal