Skip to content
Prabhu

कुमारी बैंकका ग्राहकले एनडी थर्टीनाइन बिजनेस ग्रुपका सेवामा १० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुपबीच कुमारी बैंकका ग्राहकहरुलाई फिलीबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले फिलीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बौद्धस्थित शाखाहरुबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस सुविधाबाट ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्