Skip to content
Prabhu

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सुरु गर्‍यो अनलाइन पोर्टल र मोबाइल एप सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल र मोबाइल एप सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य अनलाई पोर्टल र मोबाइल एप सार्वजनिक गरेको हो ।

यो सेवाको सुरुवाातसँगै कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एपको बिहीबार एक कार्यक्रमको आयोजना गरी शुरु गरेको कम्पनीले जनाएको छ ।

उक्त मोबाइल एपस् को शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइन पोर्टल तथा मोबाइल एपस मार्फत उक्त सेवाको शुभारम्भ गरेको हो । उक्त सेवा मार्फत २४ सैं घण्टा बीमा सेवा लिन सकिने जनाइएको छ ।

यसका साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एपसको माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ । साथै, ग्राहकहरुले आफनो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एपस बाट जानकारी लिन सक्नेछन ।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ग्राहकलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले एपसको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद व्यक्त गरे । सिलवालले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने जानकारी गराए ।

त्यसैगरी, सो कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकालले हाल सूचना प्रविधिको तिब्र गतिमा विकास भै रहेको परिप्रेक्ष्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई पनि प्रविधिको माध्यमबाट सहज सेवा प्रदान प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन सहज हुने र निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी गराए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal