Skip to content
Prabhu

पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण

काठमाडौं । पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को टोलीले आज पर्यटक सवारी साधनमा कार्यरत एक सयभन्दा बढी चालक र सहचालकलाई पोशाक वितरण गरेको हो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट सेवा प्रदान गर्न चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले पर्यटक सवारी साधनलाई देशको पूर्वदेखि पश्चिमसम्मका पर्यटकीय गन्तव्यमा पु¥याउन एशोसियशन लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ निर्देशक ऐरले काठमाडौँमा पर्यटक सवारी साधनका लागि छुट्टै बसपार्क निर्माण गर्न नेपाल पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिए । टिवानका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटक बसले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे। टिवानका सल्लाहकार केदारनाथ शर्माले पर्यटक बस चालकले देशको पर्यटकीय गन्तव्यमा दूतका रुपमा काम गरिरहेको बताए ।

चार दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई टिवानले बस सेवा प्रदान गर्दै आइरहेको छ । हाल काठमाडौँदेखि पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायतका स्थानमा सेवा प्रदान गर्दै आइरहेको टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal