Skip to content
Prabhu

बेल्जियममा नेपाली व्यवसाय संघ युरोप दर्ता

काठमाडौं । युरोपका बिभिन्न देशमा व्यवसाय गरेर बसेका नेपाली व्यवसायीहरुलाई एकताबद्ध बनाएर सामूहिक हितमा काम गर्ने उद्देश्यले नेपाली व्यवसाय संघ (नेबा) युरोप, बेल्जियममा एन्टवेर्पेनको जस्टिक प्यालेसमा दर्ता भएको छ ।

बेल्जियम, लग्जेम्बर्ग, नेदरल्यान्ड र डेनमार्कमा नेपाली व्यवसायी संघ क्रियाशील भएको अवस्थामा उनीहरुको सहकार्यमा युरोपमा नेपाली उत्पादनको प्रबर्धन र व्यावसायिक एकता आवस्यक भएकाले संस्था दर्ता गरिएको नेबाका सचिव मदन दवाडीले जारी गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रुपमा गत सोमबार एन्टवेर्पेनको जस्टिक प्यालेसमा दर्ता भएको संस्थाको संस्थापक सञ्चालकहरुमा यामु निरौला संयोजक र मदन दवाडी सदस्यसचिव, चिरनकुमार खवास बेल्जियम, शशिकान्त पौडेल र अमिर देबकोटा नेदरल्यान्ड, हरि खत्री र रमाकान्त शर्मा लग्जेम्बर्ग रहेका छन् । डेनमार्कबाट मुक्ति श्रेष्ठ पदेन सदस्य रहेका छन् ।

उक्त संस्थाको वेबसाइट दर्ता गरिएको छ भने नेपाली भाषाको बिधान , नेदर्ल्यान्डसमा बिधान र लोगो पनि बनिसकेको जानकारी संस्था संयोजक यामु निरौलाले गराएको छ ।

नेपालीहरुको व्यवसाय भएका युरोपियन देशमा संस्थाको शाखा बिस्तार गरेर छिट्टै युरोपियन नेटवर्क बनाउने र सोहीमार्फत सामूहिक हितका लागि काम गरिने संस्थापकहरुले बताएका छन् ।

बिभिन्न देशमा नेपाली व्यापारिहरुको संख्या बढी रहेको अवस्थामा संस्थागत अवधारणामा काम गर्दा नेपाल र युरोपियन युनियनका देशहरुका साथै नेपाली व्यावसायीहरुको सम्बन्ध बलियो हुने, दुईपक्षीय ब्यापारमा वृद्धि हुने विश्वाश गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal