Skip to content
Prabhu

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा असार २९ गते

 

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो साधारणसभाको मिति तोकेको छ । बैंकले असार २९ गतेका लागि आफ्नो १८ औँ साधारणसभाको मिति तय गरेको हो ।

बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ साधारणसभाको मिति तोकेको हो । बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संसथहरुमा एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रयोजनका लागि १७ औँ साधारणसभाले दिएको अख्तियारीलाई निरन्तता दिने प्रस्ताव एजेण्डाका रुपमा रहेको छ । त्यस्तै आव २०७९÷०८० को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहति २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अविधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारीत गर्ने प्रस्ताव तय गरेको छ ।

त्यस्तै लेखापरीक्षक नियुक्त गर्ने निजको पारिश्रमिक विर्धारण गर्ने र सञ्चालकको नियुक्ति अनुमोदान गर्ने प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal