Skip to content
Prabhu

बैंकिङ क्षेत्रमा अधिक तरलता, राष्ट्र बैंकले दुई दिनमै ९० अर्ब खिचो

 

काठमाडौं । पछिल्लो समय बैंकहरुमा अधिक तरलता बढ्दै गएको छ । बैंकहरुमा निक्षेप बढे पनि कर्जा प्रवाह नहुँदा बैंकहरुमा रकम थुप्रिँदै गएको हो ।

बैंकहरुमा अधिक तरलता बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले दुई दिनको अबधिमा ९० अबै रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । बिहीबार मात्रै ५० अर्ब रुपैयाँ खिचेको केन्द्रीय बैंकले शुक्रबार पनि बैंकहरुबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको हो ।

शुक्रबार राष्ट्र बैंकले १४ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । बिहीबार मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी १४ दिनकै लागि ५० अर्ब निक्षेप संकलन गरेको थियो ।

४० अर्ब रुपैयाँका लागि आज मध्यान्ह १२ बजे अनलाइन बिडिङ सिस्टममा बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ ।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न निकै कठिन भएको छ । अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरिसकेको अवस्था छ।

अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल छ । राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal