Skip to content
Prabhu

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको फ्लाइट टिकटमा छुट पाउने भएका छन् । यी दुई कम्पनीबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले कतार एयरवेजनको वेबसाइटमार्फत हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । छुट लिनका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडान टिकट काट्दा ग्राहकले अनलाइन प्रमोसनल कोड क्युआरएनएमबि २४ प्रयोग गर्नुपर्नेछ ।

यस अफरमार्फत ग्राहकले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बताइएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीले थप लगेजलगायतका अन्य सुविधासमेत पाउनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal