Skip to content
Prabhu

साताको सेयरः २ प्रतिशत घट्यो नेप्से, औसत कारोबारमा पनि गिरावट

 

काठमाडौं । यो साता सेयर बजार परिसूचक २.०८ प्रतिशतले घटेको हो । यो साता सेयर बजार परिसूचक करिब ४४ अंकले घटेको छ । यो साताको कारोबार बन्द हुँदा सेयरबजारमा ४३ दशमलव ९८ अंकको गिरावट आएको छ । गत साता २११२ दशमलवम २९ विन्दुमा रहेको सेयर यो साताको अन्तिम कारोबार समयसम्म २०६८ दशमलव ३१ विन्दुमा झरेको छ ।

यो साता सेयर बजारमा ४ दिन कारोबार भएको थियो । ४ कारोबार दिनमध्ये सेयर बजार एक दिन मात्रै बढेको थियो भने बाँकी ३ दिन बजार घटेको थियो । यो हप्ता सेयर बजार बुधबार मात्रै सामान्य अंकले बढेको थियो । अन्य दिन बजार परिसूचक दोहोरो अंकले घटेको थियो ।

यो साता सेन्सेटिभ इण्डेक्स पनि २.४४ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.२० प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६३ प्रतिशत घटेको छ । नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि गिरावट आएको छ । गत साता दैनिक औषतमा ५ अर्ब ७१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ४ अर्ब २० करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम २६.४९ प्रतिशत घटेको हो । त्यस्तै, यस साता नेप्सेको दैनिक औषत सेयर संख्या २२.०९ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार संख्या २१.३१ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ६९ अर्ब घटेर ३२ खर्ब ७९ अर्बमा झरेको छ ।

यो साता १३ उपसमूहमध्ये वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक २.६४ प्रतिशत बढेको छ । गत साता २२८० दशमलव ५६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता ६० दशमलव २० अंक बढेर २३४० दशमलव ७६ विन्दुमा पुगेको छ ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत घटेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२ दशमलव ९७ अंक घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal