Skip to content
Prabhu

११ महिनामा १ खर्ब बढीको डिजेल आयात, धेरै आयात हुने १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले १ अर्बभन्दा बढीको डिजेल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब २९ अर्ब २० करोड रुपैयाँको डिजेल आयात गरेको छ ।

यो अवधिमा नेपालले १२ लाख ५१ हजार २७ किलोलिटर डिजेल आयात गरेको छ । १४ खर्बभन्दा बढीको वस्तु आयात भएको ११ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तु नै डिजेल हो । त्यस्तै धेरै आयात हुने वस्तुको दोस्रो नम्बरमा पेट्रोल रहेको छ । ११ महिनाको अवधिमा नेपालले ६ लाख ३० हजार ६३ किलो लिटर पेट्रोल आयात भएको छ । नेपालले पेट्रोल आयातका लागि मात्रै ६२ अर्ब ८७ करोड ७३ लाख बढी खर्च गरेको छ ।

यो अवधिमा नेपालले ५१ अर्ब ७ करोड बढीको एलपी ग्यास आयत भएको छ । यो अवधिमा ४८ करोड १६ लाख २५ हजार २५८ केजी ग्यास आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लौह उत्पादनहरू फलामको अयस्कमा जन्य वस्तु ३५ अर्ब १३ करोड रुपैयाँको आयात भएको छ । यस्तो वस्तु ११ महिनाको अवधिमा ७३ करोड ५७ लाख ३ हजार ९ सय ९४ केजी आयात भएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म स्टिल जन्य वस्तुको आयात ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा ३८ करोड ११ लाख १४ हजार ८५८ केजी स्टल आयात भएको छ । त्यस्तै यो अवधिमा स्मार्ट फोनको २६ अर्ब ३३ करोड रुपैयाँको १७ लाख १० हजार १३५ वटा स्मार्ट फोन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै धेरै आयात शीर्ष १० भित्र परेको अर्को वस्तु हो औषधी । जेठ मसान्तसम्म २५ अर्ब १४ करोड रुपैयाँको १ कराड ३५ लाख २६ हजार ८०३ केजी औषधी आयात भएको छ । यो अवधिमा २३ अर्ब ६४ करोड रुपैयाँ बराबरको २६ लाख ५१ हजार ८६४ ग्राम सुन आयात भएको छ ।

त्यस्तै २१ अर्ब ४ करोड बराबरको १ अर्ब २८ करोड २८ लाख २३ हजार केजीको कोइला आयात भएको छ भने विद्युतीय गाडी आयातका लागि १९ अर्ब ६७ करोड बराबरको ६ हनार ८८५ वटा गाडी आयात भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal