Skip to content
Prabhu

सुनको मूल्य एकैदनि २७ सय रुपैयाँले घट्यो, चाँदी ५० रुपैयाँले घट्यो

 

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ घटेको छ । सुनको कारोबार हुने साताको पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२०.७९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.५४ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal