Skip to content
Prabhu

एफपीओ निष्कासनको एजेण्डा पारित गर्न विजय लघुवित्तले बोलायो साधारणसभा

 

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।

लघुवित्तले असार ३० गते आइतबारका लागि आफ्नो पन्ध्रौँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले एफपीओ निष्कासन गर्ने, सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता सामान्य प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार असार १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal